शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मिर्गाैलादेखि यी राेगहरू निकाेपार्छ बेथेकाे सागले

दैनिक नेपाल २०७६ फागुन २५ गते ९:३२

काठमाडाैं । बेथे दुई किसिमका हुन्छ । एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ ।

यसको प्रयोगले विभिन्न रोगबाट मुक्ति मिल्छ । मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ ।

यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ ।

मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । बेथेको साग थुप्रै औषधिकाे गुणले भरिपूर्ण हुन्छ ।

बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिँदैन । यसले आमाशयलाई बलियो बनाउँछ ।

बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ ।

भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ (यूरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ ।

बेथेको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरूको निवारण गर्नु हो । बेथेलाई विषनिदान नाम दिइएको छ ।

बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित