८ मंसिर २०८३, मंगलबार

भाेजपुरमा विप्लवका विद्यार्थी नेता पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २५ फागुन । प्रहरीले भोजपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका विद्यार्थी नेता पक्राउ गरेकाे छ ।

प्रहरीले विप्लव समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काे भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।

राईलाई जिल्लाको पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले राईको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले केही दिनअगाडि विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो ।