८ मंसिर २०८३, मंगलबार

१३ वर्षअघि गैंडा मारेर खाग बेच्नेलाई १० वर्ष कैद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ फागुन ।   गैंडा मारेर खाग बेच्ने एक व्यक्तिलाई चितवन जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार जरिवान गरेको छ । इच्छाकामना गाँपालिका ७ का गोपाल प्रजा चेपाङलाई अदालतले उक्त सजाय तोकेको हो ।

गोपाललाई साढे १३ वर्षअघि गैंडा मारेको अभियोगमा शुक्रबार सजाय सुनाइएको हो । अदालतमा गोपालविरुद्ध ०७५ मंसिर ८ मा मुद्दा दायर भएको थियो । उनी ०७५ मंसिर २ मा पक्राउ परेका हुन् ।

यो घटनामा १४ जनाविरुद्ध मुद्दा दायर भएकामा चार जना अझै फरार छन् । पक्राउ परेका अन्यविरुद्ध अदालतबाट यसअघि नै फैसला आइसकेको छ । जसमा पदमबहादुर चेपाङलाई सबैभन्दा बढी १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भएको छ ।