८ मंसिर २०८३, मंगलबार

घोराहीमा वडाध्यक्षले कार्यालय सहयाेगी कर्मचारी कुटे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २४ फागुन । दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले उजुरी दर्ता गराएका छन् ।

चौधरीले शुक्रबार वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयमा घोक्राई कुटपिट गरेको चौधरीले आरोप लगाएका छन् ।

निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीलाई पक्राउ गरी तत्काल कारवाही गर्न माग गरेका छन् ।

चौधरी बिगत २५ वर्षदेखि कार्यरत स्थायी कार्यालय सहयोगी हुन् ।

निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीले आफूलाई तथानाम गाली गलौज गरी आफूलाई बिनाकारण बारम्वार धम्काउने गरेको आरोप लगाइएको छ ।

कार्यालय सहयोगी चौधरीले यसअघि पनि वडाध्यक्ष सार्कीले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको बताएका छन् ।

वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयभित्रै बिनाकारण कुटपिट गरेको बताएका छन् ।

वडाध्यक्ष सार्कीको गलत व्यवहारप्रति स्थानीयले विरोध गर्दै वडा कार्यालयमा ताला समेत लगाएका थिए । स्थानीयले लगाएको ताला प्रहरीले फोडेको थियो ।

वडाध्यक्ष सार्कीले स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षहरूलाई खबर गर्न आफूले दिएको निर्देशनको कार्यान्वयन नभएपछि आवेगमा घटना भएको स्वीकार गरेका छन् ।

घटनाका बारेमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले सोमबार दुबै पक्षलाई बोलाएको छ ।