८ मंसिर २०८३, मंगलबार

शैक्षिक संस्था बन्द गर्न सांसद भुषालको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन ।   प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसालले कोरोना भाइरसको जोखिम रहेकोले तत्काल शैक्षिक संस्था बन्द गराउन माग गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै भुसालले कोरोना भाइरसको जोखिम बढेको भन्दै तत्कालका लागि सवै विद्यालय, कलेज बन्द गर्न माग गरेकी हुन् ।

‘हिजो भर्खर जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलनमा, घरबाहिर नजानु भनेर परिपत्र गरेको हामीले पढ्न पायौं । एकातिर त्यो सर्कुलर छ भने अर्कोतिर लाखौं बालबालिका स्कुल जान बाध्य भइरहेका छन्, चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने सूचना पनि आइरहेका छन्, उनले भनिन्, यस्तो अवस्थामा सरकारले तत्काल स्कुल, कलेज बन्द गराउन सभामुखमार्फत निर्देशनका लागि म आग्रह गर्दछु’ । उनले भनिन् ।