
काठमाडौं, २३ फागुन । नेकपा सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली र अफ्रिकी नेता नेल्सन मन्डेला राजनीतिमा समान रहेको बताएका छन् ।
राजनीतिक परिवर्तनका लागि नेल्सन मन्डेलाले जुन योगदान दिएका छन् त्यहि राजनीतिक परिवर्तनका लागि ओलीले पनि योगदान दिएको सांसद सिलवालले बताए ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिलवालले नेता मन्डेलाले पनि राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएको र प्रधानमन्त्री ओलीले पनि लामो समय जेल जीवन बिताएकाले यी दुवै नेतामा समानता रहेको उल्लेख गरे ।
सिलवालले प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण सफल हुनुले नेपाली ओषधी विज्ञानको भरोसालाई अन्र्तराष्ट्रिय रुपमै चिनाउन सफल भएको बताए ।











प्रतिक्रिया