
काठमाडौं, २३ फागुन । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।
देशलाई भ्रष्टाचार भाइरसले आक्रान्त पारेको भन्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् । उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरे ।
शरिरका अंग काम नलाग्न भएपछि फेर्न पर्ने उनको भनाई रहेको थियो ।
‘आफ्नो आसे पासे भएपनि देश र जनताको लागि काम नलाग्ने भएपछि किन अहिलेसम्म भ्रष्टाचारीलाई कारवाही भइरहेको छैन ? । नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’











प्रतिक्रिया