शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

म छिट्टै काममा फर्कन्छु : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ फागुन २३ गते १२:१५

काठमाडौं, २३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने भन्दै सन्देश पठाएका छन् ।

प्रधानमन्त्री ओली र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच शुक्रबार बिहान भेटमा प्रधानमन्त्रीले सन्देश पठाएका हुन् । प्रधानमन्त्री ओलीले छिट्टै म काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी गराएका छन् ।

“सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । “साथीहरूलाई भनिदिनूस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु,” उनले माइक्रो ब्लगिङ साइटमा ट्विट गरेका छन् ।

ओलीको गत बुधबार दोस्रो पटक पुनः प्रत्यारोपण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित