६ कार्तिक २०८३, शुक्रबार

शुक्रबार पनि सुनको मूल्यमा नयाँ किर्तिमान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन ।  सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन आज एकैदिन प्रतितोला १८ सयले बढेको हो । आज सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको  महासङ्घले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।

चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।