
काठमाडौं, २३ फागुन । कारोना भाइरसको सम्भावित संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय रामेछापले गृह मन्त्रालयको निर्देशन अनुरुप रामेछाप जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना नहुन्जेलसम्मका लागि सामुहिक रुपमा भेला, मेला(महोत्सव, सभा(सम्मेलन, होलीलगायतका पर्व आयोजना नगर्न अनुरोध गरेको छ ।
बिहीबार प्रशासनका प्रशासकीय अधिकृत भास्कर दाहलद्वारा जारी सूचनमा आदेश विपरित कार्यक्रम तर्जुमा र सञ्चालन गरेरगराएमा नियमानुसार कारवाही हुने उल्लेख छ।
धार्मिक एवं साँस्कृतिक दृष्टिले होली (फागु) पर्वको महत्व हुने हुँदा सबैमा मर्यादित र सभ्य ढंगले होली पर्व मनाउन अनुरोध गरेकाे छ।
महामारीको रुपमा फैलिरहेको कोराना भाइरसको सन्दर्भमा यस पटकको होलीलाई विगतभन्दा केही फरक तरिकाबाट मनाई यो रोग संक्रमणबाट बच्न र बनाउन आवश्यक देखिएको उल्लेख गरिएकाे छ ।












प्रतिक्रिया