
काठमाडौं, २३ फागुन । बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक अष्ट्रेलियन नागरिक पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाट अष्ट्रेलिया मेलवर्नका ५८ वर्षीय गोन्दुक रिम्पुछेलाई प्रहरीले पक्राउ गरेको हो।
कदम्बा बौद्व प्रतिष्ठानका अध्यक्षसमेत रहेका रिम्पुछेले १५ वर्षीय बालकलाई पढाउन भन्दै राखेर यौन शोषण गर्ने गरेको खुलेको होे । बालकका परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया