८ मंसिर २०८३, मंगलबार

सडक निर्माण गर्न घुस माग्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २३ फागुन ।  सडक निर्माणको काममा घुस माग्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनिहरुले सडक निर्माणका लागि २५ लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । घुस रकम बराबरको बिगो मागसहित अख्तियारले मुद्वा दायर गरेको हो ।