सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

होलीमा एनआईसी एशियाको शत प्रतिशत नगद फिर्ता अफर

दैनिक नेपाल २०७६ फागुन २३ गते ८:३२

काठमाडौं, २३ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।

यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम रू. ५,००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउदै आएका छन् ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजार ४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजारसम्मको लाभ ग्राहकले लिएका छन् ।

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १०० सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १ हजार सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराजबाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५०० सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,००० सम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित