८ मंसिर २०८३, मंगलबार

राप्रपा (संयुक्त) सम्वद्ध महिला विभागले प्रशिक्षणको कार्यक्रम स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध महिला विभागले प्रशिक्षणको कार्यक्रम स्थगन गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केन्द्रीय प्रशिक्षण कार्यक्रम अर्को सूचना नआएसम्मलाई स्थगन गरेको महिला विभागले जनाएको छ ।

विश्वव्यापी समस्याको रुपमा खडा भएको कोरोना भाइरस संक्रमण दृष्टिगत गर्दै पूर्वनिर्धारित संगठन बिस्तारको कार्यक्रम स्थगित गरिएको व्यहोरा महिला विभाग प्रमुख विजयकला राईद्वारा बिहीबार जारी सूचनामा जनाइएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै महिला विभागले ‘सशक्तिकरण’ विषयक केन्द्रीय प्रशिक्षण कार्यक्रम फागुन २५ र २६ गते तय गरेको थियो ।

राईले जारी गरेको सूचनामा, नारी दिवसको अवसरमा देश विदेशमा रहने सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना पनि दिइएको छ ।