८ मंसिर २०८३, मंगलबार

प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा विप्लव कार्यकर्ता नभइ सहिद परिवारकै सदस्य भएको निष्कर्ष

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा रतन तिरुवा विप्लव कार्यकर्ता नभएको खुलेको छ ।

तिरुवा द्वन्द्वकालका सहिद परिवारका सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । आइतबार सभागृहमा आयोजित एक कार्यक्रममा संवोधन गर्ने क्रममा प्रचण्डलाई जुम्लाका २२ वर्षे युवा रतन तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका थिए ।

उनीमाथि अनुसन्धान गर्न प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो।

समितिले तिरुवाका बाबु द्वन्द्वकालमा राज्यपक्षबाट मारिएको खुलेको पनि समितिले जनाएको छ ।

घट्नालगत्तै नेकपाको जुम्ला कमिटीले विज्ञप्ति प्रकाशित गरी रतनका बुबा जनयुद्धमा सहिद नभएको दाबी गरेका थिए।