८ मंसिर २०८३, मंगलबार

कोरोना त्रास : होलीका कार्यक्रम नगर्न जिप्रका काठमाडौंको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन ।  चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालयले होली लगायतको कार्यक्रम नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले बिहिबार जारी गरेको विज्ञप्तिमा विश्वभरि महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरस (कोभिड-१९)बाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको तथा नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काडमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वहरुमा सहभागी नहुन अनुरोध गरिएको छ ।