शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अस्ट्रेलियाको समुद्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

दैनिक नेपाल २०७६ फागुन २२ गते ११:५५

काठमाडौं, २२ फागुन । अस्ट्रेलियामा अध्ययनका लागि पुगेका एक जना नेपाली विद्यार्थीको क्विन्सल्यान्ड क्षेत्रमा पर्ने समुद्रमा डुबेर मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका निकित श्रेष्ठको बुधबार दिउँसो पौडी खेल्ने क्रममा छालले बगाएको थियो ।

बेपत्ता भएको ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा उद्धारकर्मीले श्रेष्ठको शव भेट्टाएको बताइएको छ ।

फेडेरेसन युनिभर्सिटीमा अध्यनरत श्रेष्ठ उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । उनको शव नेपाल ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित