
गोरखा, २२ फागुन । गोरखाको आरुघाट गाउँपालिका–१ गएराति भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
घाइतेलाई नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । दुर्घटनामा काँशीगाउँका वडा सचिव किरण रिमालको मृत्यु भएको छ ।
धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङसहित ७ घाइते भएका छन् ।
घटनास्थलबाट मान्वुसम्म भने स्थानीयले बुधबार राति नै ट्रयाक्टरको सहायताले घाइतेहरुलाई ल्याएका थिए ।











प्रतिक्रिया