८ मंसिर २०८३, मंगलबार

बढुवा छाडेर नेपाल प्रहरीका डिआईजीको दरबन्दी घटाउन गृह मन्त्रालय कस्सिनुको कारण

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाल प्रहरीमा २२ डिआईजीका दरबन्दी खाली छन् । तिनमा तत्काल बढुवा गरी जिम्मेवारी सुम्पिने काम छाडेर गृह मन्त्रालय दरबन्दी कटौतीको काममा सक्रिय भएको छ ।

यसै पनि प्रहरीको संख्या कम भइरहेको गुनासो आएका बेला गृह मन्त्रालयले डिआईजीका दरबन्दी घटाएर प्रहरीलाई थप बलियो बनाउन सकिने ब्रिफिङ गरेको छ । तर अहिले नै दरबन्दी घटाउँदा प्रहरीमा रोष आउन सक्ने कतिपयको आँकलन छ ।

स्रोतका अनुसार गृह मन्त्रालयले हाल ३४ जनाको दरबन्दी घटाएर २४ मा झार्ने तयारी गरेको छ । तर प्रहरी प्रधान कार्यालयले यसमा सहमति जनाइसकेको छैन ।

गृह मन्त्रालयले प्रहरीको उच्च पदमा धेरैजना भएका कारणले स्पर्धा पनि अस्वस्थ्य हुने गरेको तथा कतिपय डिआईजीलाई पदअनुसारको जिम्मेवारी दिन नसकिएको भन्ने दलील अघि सारेको छ ।

उसले उच्च पदको संख्या घटाउँदा नेतृत्वसम्म पुराउनका निम्ति सहज हुने समेत जनाएको छ । त्यस्तो अवस्थाको चित्रण गर्न गृहका तर्फबाट नेपाल प्रहरीमा १४ जनासम्म एआईजी हुँदा देखिएको कठिनाईलाई पनि व्याख्या गरेको छ ।

प्रहरी समायोजनको प्रक्रिया चलिरहेका बेला दरबन्दी घटाउनु उचित नहुने राय प्रहरी प्रधान कार्यालयले गृहलाई दिएको छ । प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीसहित गृहसचिव महेश्वर न्यौपानेको बैठक सोमबार यहि विषयमा केन्द्रित रहेको थियो ।

‘यतिबेला डिआईजीको संख्या घटाउने भन्दा पनि डिआईजीका रिक्त पदमा बढुवा गर्नुपर्छ भन्ने राय प्रहरी प्रधान कार्यालयका तर्फबाट भएको छ’, उच्च स्रोतले भन्यो,‘बढुवा भए जिम्मेवारी दिएर सम्बन्धित विभागमा पठाउन सकिनेछ ।’

गृह मन्त्रालयले रिक्त रहेका तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)का लागि भने तारिणी लम्साल, शैलेश थापा र हरि पालको नाम सिफारिस गरिसकेको छ ।