शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिका बस्दै आएका निर्देशकले गरे भट्टराईको परिवारलाई सहयोग

दैनिक नेपाल २०७६ फागुन २० गते १४:४८

काठमाडौँ, २० फागुन । स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाजमार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन ।

निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ निर्देशक दिपाश्री र सञ्चारकर्मी प्रकाश सुवेदीलाई निर्देशकहरुले पठाएका रकम हस्तान्तरण गरे ।

अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लामिछाने, दिनेश कार्की,किशोर सुब्बा, अक्की शर्मा,यादब सिलवाल,बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मी सुवेदीले यो रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी दिए । सहयोग गर्न चाहनेले बैंक खाता सिटिजन बैंक कपन शाखामा खाता नम्बर ०२४०१०००००५०७०४१ जम्मा गराइदिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित