८ मंसिर २०८३, मंगलबार

गोरखाका दुवै नाका बन्द गर्न प्रशासनको निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० फागुन ।  कोरोना भाइरसको सम्भावित जोखीमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बत सीमाको गोरखाका दुवै नाका बन्द गर्न निर्देशन दिएको छ ।

चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री ७ को ङुइला नाकामा आवतजावत गर्न निषेध गर्न सम्बन्धित क्षेत्रका प्रहरी इकाइलाई सोमबार निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

रुइला नाका तिब्बती अधिकारीको निर्णयमा वर्षमा एकपटक मात्र खुल्ने गर्छ भने ङुइला नाका बाह्रै महिना खुल्ला रहन्छ ।