८ मंसिर २०८३, मंगलबार

कोरोना त्रास : नेकपाकाे प्रदेश भेला स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन ।   सरकारले कोरेना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा÷सम्मेलन नगर्न गरेको आग्रहअनुसार सत्तारुढ दल नेकपाले जारी प्रदेशको आन्तरिक भेला, प्रशिक्षण रोकेको छ ।

प्रदेश १ को झापा विर्तामोडमा म‌ंगलबारका लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम तय भएको थियो । तर बिहानै उक्त कार्यक्रम रोक्न केन्द्रले निर्देशन दिएपछि कार्यक्रम रोकिएको छ ।

विर्तामोडको सीटी सेन्टरमा मंगलबार हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा बादल लगायतका नेता जाने कार्यक्रम तय भएको थियो।