८ मंसिर २०८३, मंगलबार

घरबेटीलाई लठ्याएर लुटपाट गर्ने ४ पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २० फागुन ।   घरबेटीलाई नशालु पदार्थ खुवाएर लठ्याएर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले गोरखाको बारपाक घर भइ चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुरको रानीबास गाउँपालिका २ का ५३ वर्षीय अमृत राना, बाराको निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरीको इटहरी नगरपालिका ४ का ४५ वर्षीय प्रदीप चौधरीलाई पक्राउ गरेको हो ।

उनिहरुल गोरखाका विभिन्न ठाउँमा चोरीमा संलग्नलाई कावासोती नगरपालिका ३ को सङ्गम चोकबाट गोरखा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले नशालु पदार्थ मिसाएर खुवाएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।