
काठमाडाैं, १९ फागुन । सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सम्बोधन गर्ने भएका छन् । फागनु २१ गते सहादत स्थल सुखानीमा आयोजना हुने कार्यक्रमलाई पार्टी अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले बताउनु भयो ।
फागुन २१ गते सुखानीमै स्मृति सभा तथा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ । अध्यक्ष पाठकका अनुसार पार्टी अध्यक्ष प्रचण्ड सहित सो कार्यक्रमलाई पार्टीका महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्ने छन् ।
यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सुखानी सहिद स्मृति सभालाई सम्बोधन गर्न झापा आउने कार्यक्रम तय भएको थियो । मृगौला प्रत्यारोपण गर्न उपचार प्रव्रिmया सुरु भएकाले प्रधानमन्त्री ओली झापा आउन
नसक्ने भए पछि विर्तामोडमा हुने भनिएको आम सभालाई सुखानी केन्द्रित गरिएको र कार्यक्रमलाई पार्टीका अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने गरी तयारी भएको नेकपा प्रचार विभाग झापाका उपप्रमुख सन्तोष आचार्यले बताउनु भयो ।











प्रतिक्रिया