
काठमाडाैं, १९ फागुन । एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
मल्लले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया