८ मंसिर २०८३, मंगलबार

खरिपाटी क्वारेन्टाइनमा राखिएकाको अन्तिम रिपोर्ट आज आउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।   चीनबाट उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज बेलुकासम्म आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो ।

आइतबारदेखि त्यसको परीक्षण सुरु भएकोमा अहिलेसम्म आधा भन्दा बढीको परीक्षण सकिएको राष्ट्रिय प्रयोशाला तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएको दिन संकलन भएको नमूनामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर जान दिइने मन्त्रालयले जनाएको छ ।