
काठमाडाैं, १९ फागुन । नेपालले नेपाल आउनेहरुलाई अन अराइभल भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट अन-अराइभलु भिसा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।
चीनको वुहान शहरबाट अन्य देशमा तिव्र गतिमा फैलिरहेको कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अन अराइभल भिसा स्थगित गरिएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले पनि सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्ने र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत पेश गर्नुपर्ने छ ।
विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो। सरकारले बढी संक्रमण भएको देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ।











प्रतिक्रिया