८ मंसिर २०८३, मंगलबार

चीनका लागि नेपाली राजदूत पौडेललाई १५ दिनभित्र नेपाल फर्कन निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ फागुन ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई नेपाल फिर्ता हुन निर्देशन दिएको छ ।

बैठकले पौडेललाई १५ दिनभित्र नेपाल फर्किन निर्देशन दिएको हो । पौडेललाई नेपाल फिर्ता बोलाउनुको कारण भने बताइएको छैन । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पाँच सचिवलाई सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयामा सरुवा गरिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योग मन्त्रालयका सचिवलाई महिला मन्त्रालयमा सरुवा गरिएको छ ।