८ मंसिर २०८३, मंगलबार

टिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला बुधबार फेरिने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । आउने बुधबार अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा ओलीको मिर्गौला प्रत्यारोपणको तयारी भएको स्रोतले जनाएको छ ।

यसअघि अमेरिकालगायतका कतिपय देशमा प्रधानमन्त्रीले मिर्गौला फेर्ने भन्ने चर्चा थियो । नेपालमै पनि ग्रान्डी अस्पतालमा मिर्गौला फेर्ने तयारी भएको बताइएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतका सुविधासम्पन्न अस्पताल उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भनेका थिए ।