८ मंसिर २०८३, मंगलबार

बच्चा बोकेकी महिलालाई निर्घात कुट्ने इन्स्पेक्टर पौडेल इञ्चार्जबाट हटाइए

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।    भैंसेपाटीमा बच्चा बोकेकी महिलालाई निर्घात कुट्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल इन्चार्जबाट हटाइएका छन् ।

पौडेल ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएका छन्। गत बिहीबार भैंसेपाटीमा नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल बनेको थियो ।

पौडेलको स्थानमा अहिले प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ । घटना बाहिर आएपछि एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले अनुसन्धान गरिरहेको र मंगलबारसम्ममा प्रतिवेदन तयार पारी बुझाउने छ ।