
काठमाडौं, १८ फागुन । ७० करोड कमिसन काण्डमा मुछिएका गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थि संघले देशभर विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले देशैभरका क्याम्पस अगाडि प्रर्दशन गरेको हो । सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए।
सरकारले विभिन्न बहानामा बाँस्कोटालाई उन्मुक्ति दिन खोजेकाले दबाव स्वरुप प्रदर्शन गर्नु परेको नेविसंघले जनाएको छ ।











प्रतिक्रिया