८ मंसिर २०८३, मंगलबार

पूर्वआईजी खनालले तोडेको थिति ज्ञवालीले जोड्दा…

13.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेपाल प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति जसरी निर्विवाद भयो, त्यसरी नै उनका काम पनि विवादरहित हुन थालेको चर्चा चलेको छ ।

आईजी नियुक्त भएपछि उनले त्यसअघि तोडिएको थितिलाई जोडेका छन् । तत्कालिन आईजी सर्वेन्द्र खनालले नियुक्ति भएपछि निवर्तमान आईजीहरूसँग संगठनका विषयमा जानकारी लिने, सल्लाह लिने काम गरेका थिएनन् ।

आईजी ज्ञवालीले खनाललाई घरै पुगेर नभेटे पनि पूर्वआईजीहरूसँग भने परामर्श लिने परम्पराको थालनी गरेका थिए । खनाललाई आईजी हुन नदिनका लागि उनीअघिका आईजी प्रकाश अर्याल, उपेन्द्रकान्त अर्याल सक्रिय रहेको विवरण आएका कारण नै त्यो थिति तोडिएको प्रहरी अधिकारीहरूको विश्लेषण छ । ‘तर संगठनमा बसेको कुनै पनि लयलाई तोड्दा बाहिर राम्रो म्यासेज जाँदैनथियो, खनालले त्यसो गर्नुभयो’, एक अधिकारी भन्छन्,‘त्यो परम्परा ज्ञवाली सर आएपछि फेरि सुरु भएको छ ।’

आईजी नियुक्ति हुनासाथ ज्ञवाली गृहमन्त्री रामबहादुर थापाकहाँ लड्डु लिएर पुगेका थिए । उनले केही निर्देशन लिए र पूर्वआईजीहरूको घरमा पनि लड्डु लिएर पुगेका थिए ।

सो क्रममा नेपाल प्रहरीका इतिहास मानिने खड्गजीत बराललाई भेटेरै ज्ञवालीले प्रहरी संगठन हाँक्ने अनुभव सुनेका थिए । ‘फौजी संगठनको नीति हो या होइन त्यो अर्को पाटो हो तर परम्परालाईचाहिँ तोड्न हुन्न भन्ने मान्यतामा ज्ञवाली सर पुग्नुभयो, जुन काम खनाल सरले गर्नुभएको थिएन’, ति अधिकारी भन्छन्,‘यो त एक प्रकारको संस्कार पनि हो नि !’