८ मंसिर २०८३, मंगलबार

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज बस्दै छ । बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपामा पछिल्लो समय देखिएको विवादका विषयमा छलफल हुने बताइएको छ ।

नेकपाभित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयमा भएको विवादबारे छलफल हुने जानकारी दिइएको छ। यसअघिको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा सर्वसम्मत निर्णय भएको थियो । तर निर्णय भएको केहि घण्टापछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय नमान्ने बताएपछि नेकपाभित्र विवाद चुलिएको हाे ।

पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेका थिए । सचिवालयका अधिकांश सदस्यहरू पार्टीको सर्वसम्मत निर्णय लागु हुनुपर्ने पक्षमा देखिएका छन् भने प्रधानमन्‍त्री एवंम् पार्टी अध्यक्ष केपी ओली यसलाई कार्यान्वयन गर्न अझै तयार छैनन्।

प्रधानमन्त्री ओलीले आगामी २० गतेबाट रिक्त रहने अर्थमन्त्री युवराज खतिवडाको ठाँउमा उनैलाई दोहो¥याउन खोजेका छन् भने अर्का अध्यक्ष दहालसहित सचिवालयका अधिकांश सदस्य गौतमलाई राष्ट्रियसभामा लैजाने पक्षमा देखिएका छन् ।