८ मंसिर २०८३, मंगलबार

उच्च पदस्थ नेता देखि कर्मचारीको सम्पत्ति छानबिन गर्न साझा पार्टीको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।   साझा पार्टीले उच्च पदस्थ नेता लगायत कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेको छ । लुम्बिनीमा शनिबार सकिएको तीनदिने राष्ट्रिय भेलाले भ्रष्टाचारविरोधी अभियान छिट्टै सुरु गर्ने निर्णय गर्दै उच्च पदस्थ लगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेको हो ।

उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ गरी दोषीलाई कारबाही गर्न आमनागरिकले पत्याएका व्यक्ति संलग्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न निरन्तर दबाब दिने पार्टीले जनाएको छ ।

सरकारी कर्मचारीलाई पार्टीको शुभेच्छुक संगठनका रूपमा बनेका युनियन खारेज गर्न पनि माग गर्ने निर्णय गरेको छ । पार्टी संयोजक रवीन्द्र मिश्रले ७० करोड कमिसन काण्डमा मुुछिएका गोकुल बाँस्कोटाको प्रधानमन्त्रीले बचाउ गर्नु गतल भएको बताएका छन् ।

२०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बहाल रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गरी दोषीलाई कारबाही गर्न माग गरेको उनले बताए