
सप्तरी, १८ फागुन । कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एकजनाकाे मृत्यु भएकाे छ ।
घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको हात्तीले आक्रमण गर्दा ज्यान गएकाे इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जङ्गली हात्तीको आक्रमणमा परेकी मुखियाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिए ।
घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले कञ्चनपुर क्षेत्रमा दैनिक आतङ्क मच्चाएको स्थानीयवासीको भनाइ छ ।











प्रतिक्रिया