८ मंसिर २०८३, मंगलबार

विप्लवका दुई कार्यकर्ता पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्व (नेकपा)का दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर पूर्व भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटी र बुद्धिलाल पुनलाई पक्राउ गरेको हो । जिल्लामा शंकास्पद गतिविधि गर्दै आएकाले उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने कुशल कालीकोटका हुन् भने बुद्धिलाल रोल्पाका हुन् । भक्तपुरस्थित भिन्नभिन्न ठाउँमा सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ताहरुले शंकास्पद गतिविधिहरु गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बोगटी यसअघि पनि मध्यपुर थिमिका नगर प्रमुखमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेर छुटेका थिए ।