
इटहरी, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा उपप्रधान र रक्षामन्त्री ईश्वर पोखरेलले सचिवालयको निर्णयका नाममा त्यसभित्रको सचिवालयको निर्णय मान्न सरकार बाध्य नभएको बताएका छन् ।
‘पार्टीको निर्णय र घोषणापत्रअनुसार सरकार चल्नुपर्छ, चलेको छ तर सचिवालयको निर्णयका नाममा त्यसभित्रको अर्को सचिवालयको निर्णय मान्न सरकार बाध्य छैन’, इटहरीमा प्रेस संगठन प्रदेश १ को सपथ कार्यक्रममा शनिबार पोखरेलले अर्का अध्यक्ष प्रचण्डलगायतका नेताको निर्णयतिर इङ्गित गर्दै भने,‘नेकपाको सचिवालय भित्र पनि अर्को सचिवालय छ, जसको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ भन्ने छैन ।’
सरकारलाई असफल बनाउन भित्री र बाहिरी शक्ति लागि परे पनि त्यो सफल नहुने पोखरेलको दाबी थियो ।











प्रतिक्रिया