८ मंसिर २०८३, मंगलबार

जनताबाट पराजित व्यक्तिलाई सांसद वा मन्त्री बनाउँदा लोकतन्त्र धरापमा : सुरेन्द्र पाण्डे

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।   नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जनताबाट पराजित उपाध्यक्ष बामदेव गौतम कुनै पनि अवस्थामा राष्ट्रियसभा सदस्य बन्न नसक्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डे जनताबाट पराजित व्यक्तिलाई सांसद वा मन्त्री बनाउदा लोकतन्त्र धरापमा पर्ने उनको भनाई रहेको थियो ।

‘बामदेवलाई संवैधानिक व्यवस्थाले पनि सांसद वा मन्त्री बन्न रोक्ने पाण्डेले बताउनुभयो । निर्वाचनमा पराजित व्यक्ति सो प्रतिनिधिसभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संबैधानिक व्यवस्था रहेको छ’, उनले भने ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा ९१० बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको पाण्डेले बताए ।