८ मंसिर २०८३, मंगलबार

कलंकी–कोटेश्वर सडक खण्डमा ६ नयाँ आकासे पुल थपिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन ।  कलंकी कोटेश्वर सडक खण्डमा सरकारले ६ वटा नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजनासहित ९ किलोमिटरको सडक खण्डमा ६ वटा नयाँ पुल थपिन लागेको बताइएको छ ।

बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खु खसीबजारमा अकासे पुल निर्माण गर्न लागेको हो । योजनाअनुसार एउटा अकासे पुल निर्माणका लागि साढे २ करोड रुपैयाँ लाग्नेछ ।

सरकारले कलंकी–कोटेश्वर सडकखण्डमा प्रत्येक एक किलोमिटरको अन्तरमा एउटा अकासे पुल निर्माण गर्ने तयारी गरेको छ । चीनको निर्माण कम्पनी सांघाई निर्माण सेवाले पुल निर्माणको जिम्मा पाएको छ ।

चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बागडोलमा अकासे पुलको निर्माण गरिसकेको छ । नयाँ बन्न लागेका अकासे पुलमध्ये पाँच स्थानमा जगको काम सकिएर पिलर निर्माण कार्य भइरहेको छ ।