
काठमाडौं, १६ फागुन । नेपाल प्रहरीका निरिक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेलले महिला अधिकारवादी अभियन्ता बताउने हेमा श्रेष्ठलाई दह्रो लाठीचार्ज गरेको भिडियो सर्वत्र छ ।
इन्स्पेक्टर पौडेल यसै प्रकरणमा छानबिनको दायरामा तानिएका छन् । भिडियोमा प्रष्ट देखिन्छ, पौडेलले श्रेष्ठको पछाडीपट्टीको भागमा निर्ममतापूर्वक लाठीचार्ज गरेका छन् । साथमा रहेकी महिला प्रहरी भने टुलुटुलु हेरिरहेकी छन् ।
यो प्रकरणको चुरो कुरोचाहिँ श्रेष्ठले अधिकार दिलाउनका लागि नेपाली सेनाका पूर्वजर्नेलको घर पुगेकी माला शाहसँग जोडिएको छ ।
सहायक रथीबाट अवकाश पाएका हेम खत्री र शाहको आपसी सम्बन्धमा ‘न्याय’ मागिदिन श्रेष्ठ आफ्नो बच्चासहित पुगेकी थिइन् ।
इन्स्पेक्टर पौडेल पूर्वजर्नेलको घरको सुरक्षाका नाममा त्यहाँ पुगेका थिए । श्रेष्ठलाई कुटी कुटी उनले लेखेटका छन् ।
शाहले जर्नेल खत्रीलाई २० लाख दिएको र आफ्ना पति भएको दाबी गर्दै आइरहेकी छन् ।
गएको भदौमा नै प्रहरी परिसर ललितपुरमा पुगेको यो विवादको विषयसँग प्रहरी अनभिज्ञ थिएन । शाहले सामाजिक सञ्जालमार्फत पनि खत्री आफ्ना पति भएको दाबी गरेकी थिइन् ।
शाहको माग थियो– पत्नी भएको नाता प्रमाणित गरिदिनुपर्ने । युद्धका बेला शाहलाई खत्रीले सूचना ल्याउने व्यक्तिका रुपमा व्याख्या गरेका छन् ।
यो विषयमा प्रहरीले मध्यस्तता गरेको थियो । सोही निरन्तरताका क्रममा यो घटना अगाडि आएको हो ।











प्रतिक्रिया