८ मंसिर २०८३, मंगलबार

प्रधानमन्‍त्री ज्यु, पूर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनुस् : विश्‍वप्रकाश शर्मा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबन्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ७० करोड कमिसन काण्डमा फसेपछि निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउमा उत्रेको प्रति इंगित गर्दै अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने भएकाले यसको भारी नबोक्न शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै , पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया ! अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ अडियोको प्राविधिक परीक्षणसम्म यहाँले नै ? ?

 

७० करोड कमिसन मागेको अडियो प्रकरण बाहिरिएपछि बास्कोटाले राजीनामा दिएका थिए ।