८ मंसिर २०८३, मंगलबार

ढुंगाले लागेर कांग्रेस वडासभापतिको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन ।   सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु भएको । ढुंगाले लागेर गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको मृत्यु भएको हो।

बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए ।

उपचारका लागि उनलाई भरतपुर लगिएको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । श्रेष्ठ रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति थिए।