
काठमाडौं, १६ फागुन । बिहिबार बर्दिबासमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका नेकपा (माले)का महासचिव सीपी मैनालीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ग्राण्डी अस्पतालले जानकारी दिएको छ ।
बिहीबार झापाबाट काठमाडौ फर्कने क्रममा मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको र मुखमा चोट लागेको अस्पतालले जनाएको छ । मैनालीकी बुहारीको दुई वटै खुट्टा भाँचिएको छ ।
मैनालीसहित घाइतेलाई बिहिबारै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।











प्रतिक्रिया