काठमाडौं, १६ फागुन । देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम अधिकांश क्षेत्रमा सफा रहेको हो ।
देशको पहाडी भूभागमा हाल आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार राति देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा मौसमविदले बताएका छन् ।











प्रतिक्रिया