घाेराही, १६ फागुन । दाङको बागरखोलामा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निवासी १९ वर्षीय गौरव डाँगीकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अश्वाराबाट पश्चिमतर्फ गइरहेको रा ४ प १२७० नम्बरकाे मोटरसाइकल दङ्गीशरण गाउँपालिका ५ काे बागरखोलामा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा अमिलियामा ज्यान गएकाे तुलसीपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्रबहादर डमरपालले जानकारी दिएका छन् ।











प्रतिक्रिया