
काठमाडौं, १५ फागुन । अर्को साताको सोमबार मन्त्रिपरिषद् बैठकमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाको प्रस्ताव पुग्ने भएको छ ।
त्यसका लागि बढुवा समितिका अध्यक्ष गृहसचिव महेश्वर न्यौपानेसहित प्रहरी महानिरिक्षक ठाकुर ज्ञवाली र प्रधानमन्त्री कार्यालयका सचिवको बैठक बसेको छ ।
एआईजी बन्नका लागि धेरैले कसरत गरेका छन् । नेपाल प्रहरीमा तीन जना एआईजी रहने व्यवस्था छ । सर्वेन्द्र खनालको सेवाअवधि सँगै तीन एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि सेवा निवृत्त भएका थिए ।
आगामी आईजी एआईजीबाटै हुनेछन् । एआईजी बढुवाको रेशमा डिआईजीहरु तारिणी लम्साल, सूर्य उपाध्याय, शैलेश थापा, हरि पाललगायत छन् । जुनियर ब्याचबाट महानगरीय प्रहरी कार्यालय प्रमुख डिआईजी विश्व पोखरेल पनि एआईजी बढुवाका बलिया स्पर्धी हुन् ।
‘सबै प्रक्रियागत हिसाबले जाँदा २५ गतेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरूको बढुवा गर्न सक्नेछ’, गृह मन्त्रालय स्रोतले भन्यो ।
यता, खाली भएका १८ डिआईजीको बढुवाका लागि पनि छलफल चलेको स्रोतले जनाएको छ ।











प्रतिक्रिया