
काठमाडौं, १५ फागुन । मन्त्रीको सल्लाहकार हुँ भन्दै युवतीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ छ । पक्राउ पर्नेमा टोखाका अमृतबहादुर घले रहेका छन् ।
उनले आफू सहरी विकासमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार भएको भन्दै एक युवतीलाई प्रभावमा पारेका थिए ।
घलेले युवतीलाई आफू अमेरिकाको ग्रिन कार्ड होल्डरसमेत भएको बताउदै युवतीलाई डेरामा लगि बन्धक बनाएर बलात्कार गरेका हुन् । डेरामा बन्धक बनाएर बलात्कार गरेको उजुरी युवतीले प्रहरीमा दिएपछि प्रहरीेले घलेलाई पक्राउ गरेको हो ।
घलेको परिवार अमेरिकामा रहेको खुलेको छ ।











प्रतिक्रिया