८ मंसिर २०८३, मंगलबार

लागुऔषध कारोबारी मगरको सम्पति एक अर्ब !

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।   सितापाइलाबाट पक्राउ परेका लागुऔषध कारोबारी देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ ।

लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ ।

उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ ।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो ।

०३९ मा पहिलोपटक पक्राउ परेका उनी ०४२ मा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए ।