८ मंसिर २०८३, मंगलबार

गौतमलाई राष्ट्रियसभामा लैजाने विषयले नेकपाभित्रको विवाद उत्कर्षमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन ।  वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि अहिले नेकपाभित्र विवाद चर्किएको छ । पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेपछि यस निर्णयबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई नमान्ने भन्दै सार्वजनिक रुपमै भनिसकेका छन् । आगामी २० गते खाली राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको ठाँउमा खतिवडालाई नै दोहो¥याने अडानमा प्रधानमन्त्री ओली देखिएका छन् ।

सचिवालयको बैठकले भने गौतमलाई राष्ट्रियसभामा लैजान सर्वसम्मत निर्णय गरेपछि अहिले सचिवालय र सरकारबीचको विवाद उत्कर्षमा पुगेको हो ।

शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गर्ने र औचित्य एवं आवश्यकताका आधारमा संविधान संशोधनका लागि छलफल अघि बढाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली भने बहुमतका आधारमा सचिवालय सदस्यहरूले आफूलाई पेलेको भन्दै रुष्ट बनेका छन् । गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेर लैजान अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए ।

सचिवालयको निर्णय आएलतत्तै प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसंग असन्तुष्टी पोखेका छन् । प्रधानमन्त्री ओलीले आफू खतिवडालाई निरन्तरता दिने पक्षमा रहेको र त्यसमा सहमति जनाइदिन नेपालसँग आग्रह गरेका थिए ।

उच्च स्रोतकाअनुसार पार्टीभित्रैबाट ओली सरकार ढाल्ने कसरत भएको शंकामा प्रधानमन्त्री ओली रुष्ट देखिएका छन् ।