शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गौतमको प्रधानमन्त्री बन्ने आशको ‘त्यान्द्रो’ सचिवालयले खारेज गरिदियो

दैनिक नेपाल २०७६ फागुन १४ गते १३:५१

काठमाडौं, १४ फागुन । तिव्र विरोध र आलोचना भएपछि नेकपा उपाध्यक्ष बामदेव गौतमको प्रधानमन्त्री बन्ने आशको त्यान्द्रोका रुपमा रहेको संविधान संशोधन कार्यदल खारेज भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले नेता माधवकुमार नेपाल संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहने भनिएको संविधान संशोधन कार्यदल खारेज गरेको हो ।

नेम्वाङ र देवकोटाले उक्त कार्यदलमा नबस्ने बताएका थिए भने संविधान संशोधनको विषयमा छलफल गर्न नेता नेपालले अघोषित कार्यदलको एउटा बैठक राखेका थिए ।

अघिल्लो पटक बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन कार्यदल गठन गर्ने निर्णय भएको थियो । लगत्तै गौतमलाई राष्ट्रिय सभामा ल्याउने प्रस्ताव परेको थियो ।

राष्ट्रिय सभा हुँदै देशको कार्यकारी प्रमुख बन्ने गौतमको उक्त बाटो सदन, नेकपाभित्रै विरोध भएपछि सचिवालय खारेज गर्न बाध्य भयो ।

‘त्यस्तो कार्यदल गठन नहुने र तत्कालका लागि ति सबै प्रक्रिया नहुने निर्णय भयो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

प्रतिक्रिया
सम्बन्धित